पहिला अपमान पछि सम्मान

 दैलेख खुलादिसामुक्त जिल्ला घोषणा भएको छ । जायज र आँखाले देखेको कुरालाई वकालत गर्ने पत्रकारिताको धर्म भित्रको कुरा बताउँदा बिगत केही महिना अघि संचारकर्मीहरु केही सिमित व्यक्तिहरुको अबाईलो समेत बन्नुपरेको थियो । करिव तीन महिना अघिनै दैलेख जिल्लालाई खुलादिसामुक्त बनाउनुपर्छ भनेर निकै कसरत समेत भएको थियो । त्यसवेला दैलेखमा कार्यरत स्थानीय संचार माध्यामहरुले सदरमुकाममा सार्वजनिक सौचालय बनेको छैन् । सदरमुकाम नजिकैका बस्तिहरु र गाउँमा समेत पुर्ण रुपमा  सौचालय बनेको छैन् । यस्तो अवस्थामा खुलादिसामुक्त घोषणा गर्दा पछि चुनौती हुन्छ भन्दै सकारात्मक रुपमा चर्को पैरवी गरेपश्चात अभियान केही महिनाको लागि सरेकै हो ।
त्यसपछि मात्र नारायण नगरपालिका भित्र सार्वजनिक सौचालयको खोजी भयो अहिले कम्तिमा एउटा स्थानमा निर्माणको अन्तिम तयारीमा रहेको छ । थप केही स्थानहरुमा आवश्यकता अनुसार    पुरा हुँदै जाला यही पैरवी गरेकै कारण, कार्यक्रम संचालन गर्नेको नियत वा आयोजकको नियत दुई मध्ये एउटा कारणले जिल्लामा काम गर्ने संचार संस्था, राष्ट्रिय स्तरमा काम गर्ने संचारकर्मी र बिभिन्न संघ संगठनहरुलाई समेत आशन ग्रहण नगराएपछि संचारकर्मीहरुले अपमान भएको महसुस गरेका छन् । सानो समुहमा बसेका देखि टेण्डर खेल्नेसम्मलाई  अतिथी आशन ग्रहण गराउन भ्याएको आयोजकले जिल्लाका संचार माध्यामहरुलाई उपेक्षा  गरेको देखिन्छ  ।
नियतबस गरिएको उपेक्षा र अन्तिममा गरिएको सम्मान दुवै अपमान भएको ठहर केही संचार माध्याम र संचारकर्मीहरुले गरेका छन् । यस्तो बिषयहरुको तत्काल आयोजकले छानवीन गरि नियतवस बदमासी गर्नेहरुलाई कारवाही नगरेसम्म आगामी दिनहरुमा यस्ता अभियानहरुमा संचारकर्मीहरुले असहयोग मात्र हैन् अन्य धेरै कुराहरुमा संकट भोग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार